०६ असार २०८३, शनिबार

बुटवलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा १३ भारतीय नागरिक पक्राउ

बैशाख २४, २०८१
बुटवल
बुटवलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा १३ भारतीय नागरिक पक्राउ

अनलाइन गेम खेलाएर सट्टेबाजी गराएको आरोपमा बुटवलबाट १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने १३ जना नै भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ।

पछिल्लो समय बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई  बुटवल प्रहरीले पक्राउ गरेको हो ।

फ्लाइट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरबाट खटिएको टोली उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्