११ साउन २०८३, सोमबार

बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन

बैशाख २४, २०८१
काठमाडौं
बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन

बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको कामकाज प्रभावित हुँदै आएको छ । 

बाग्मती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा सभापति चयन हुन सकेको छैन । 

गत शुक्रबार बसेको बाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकले प्रदेशसभाअन्तर्गतको पाँचवटै समितिका सभापति चयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो । 

    बैठकले आगामी जेठ ४ गतेसम्ममा समितिको सभापतिहरु चयन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले बताए । सोही बैठकले प्रदेशसभाको बजेट अधिवेशनका लागि वैशाख ३१ गते बैठक आह्वान गर्न प्रदेश सरकारसमक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको सभामुख पाठकको भनाइ छ । 

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख १२ गते राति १२ बजेपछि प्रदेशसभाको तेह्रौँ अधिवेशन अन्त्य गरेका थिए । बाग्मती प्रदेशसभामा एक सय १० जना प्रदेशसभा सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्