
काठमाडौं, ३० असोज– काठमाडौंको झोर महांकालको विभिन्न क्षेत्रमा रहेको गाँजाका बोटहरु सोमबार नष्ट गरिएको छ ।
स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र शिक्षक तथा गाउँका समाजसेवीको टोलीले टोखा नगरपालिकाको झोर महांकालमा किसानको बारीमा रहेको झंडै ७ सय बोट गाँजा फडानी गरेका हुन् ।

सो क्षेत्रका किसानको करीव १२ रोपनी जग्गामा ५ हजार बोट गाजाँ रहेकाले ३ तीनसम्म गाँजा फडानी गरीने टोखा नगरपालिका–१ का वडा अध्यक्ष श्रिकृष्ठ अधिकारीले बताए ।