
काठमाडौं ३० असोज– गएको असोज १७ गते नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच आशन्न प्रदेश र प्रतिनिधिसभा र्निाचनमा वामपन्थी तालमेल घोषणा कार्यक्रममा सबभन्दा बढी उत्साही थिए, डा. बाबुराम भट्टराई । कम्युनिष्ट राजनीति त्यागेको घोषणा गरेका बाबुरामले वामपन्थी तालमेल घोषणा कार्यक्रममा मुठ्ठी कसेर लालसलाम गरेका थिए । समाजवादी पार्टीको नाममा उनी कम्युनिष्ट राजनीतिमा फर्केका थिए ।
बाबुराम अति उत्साही हुनुको कारण थियो, मरिच झै खुम्चिएको पार्टी फेरि राजनीतिको मूल प्रवाहमा सहभागि हुनु । वामपन्थी गठबन्धनमा सहभागि हुनुअघि निकटस्थलाई भट्टराइले भनेका थिए, ‘हामी कोठामै सिमित थियौ, अब ठूलो मञ्च प्रयोग गर्ने अबसर आयो, वामपन्थी गठबन्धनमा मिल्नुपर्छ ।’
हतारमा निर्णय लिने र पछि पछुताउने बाबुरामको पुरानो बानी रहेको उनीसँग संगत गरेकाहरु बताउँछन् । १७ गते चुनावी तालमेल हुनुभन्दा केहीबेर अगाडि मात्र बाबुरामको नयाँ शक्ति वामपन्थी गठबन्धनमा सहभागि हुने निर्णय गर्यो । वामपन्थी तालमेल गर्ने कि नगर्ने भन्ने बिषयमा पार्टीमा औपचारिक निर्णय भएन ।
बाबुरामले वामपन्थी गठबन्धनमा सहभागि हुने मात्र निर्णय गरेनन्, यसअघि आफैले ‘तेस्रो लिंङ्गी’ आरोपित गरेको पार्टीको चिन्हबाट चुनाव लड्ने घोषणा गरे । बाबुरामले यति कमजोर धरातलमा वामपन्थीसँग तालमेलको घोषणा गरेकी, जुन एक हप्तासम्म टिकेन । उनले विगतमा नेकपा एमालेमाथि लगाउने ढुलमुलेको आरोप कालान्तरमा आफंैतिर फर्केको छ ।
वामपन्थी गठबन्धन बनाएर अति उत्साही बाबुरामले कांग्रेसलाई आरोपित गर्न समेत चुकेनन् । तर वामपन्थी गठबन्धन मार्फत देशलाई समुन्नत समाजवादको चरणमा लैजाने प्रण गरेका बाबुराम त्यो गठबन्धनमा केही दिन पनि टिक्न सकेनन् ।
गठबन्धन छाड्नु बाबुरामको महागल्तीमाओवादीमा रहदादेखि बाबुराम भट्टराईसँग निकट रहेर लामो समय काम गरेका नयाँ शक्ति पार्टीका निष्कृय नेता खिमलाल देवकोटा वामपन्थी गठबन्धन छाड्नु बाबुरामको महाभूल भएको बताउँछन् ।
‘भर्खरै बनेको गठबन्धनबाट बाहिरिनु उहाँको गल्ती थियो, गोरखा २ मा टिकट नपाएकै कारणले मात्र बाहिरिनु भएको हो भने त झनै सुहाउने कुरै होइन’ देवकोटाले लोकान्तरसँग भने, ‘बाबुरामजीले भैगो म चुनाव लड्दिन नयाँ शक्तिका साथीहरुलाई व्यबस्थापन गरौ भनेको भए उहाँको राजनीतिक उचाइ बढ्थ्यो । सिंङ्गो गोरखाले उहाँको माग गर्दथ्यो ।’
चुनावमा तालमेल मात्र नभइ भविष्यमा एउटै पार्टी बनाउन राजी भएका बाबुराम सैद्धान्तिक मतभेद विना नै गठबन्धनबाट बाहिरिदा उनको राजनीतिक उचाइ गिरेको उनका सुभेक्षकहरु बताउछन् ।
नयाँ शक्तिसंगै उपेन्द्र यादवलाई समेत सोही दिन वामपन्थी गठबन्धनमा सहभागि गराउने तयारी थियो । तर उपेन्द्रले कतिपय बिषयमा सैद्धान्तिक अडान लिएर गठबन्धनमा सहभागि भएनन्, बावुराम हतार हतार सहभागि भए ।
‘एमालेसंग चुनावी तालमेल नभएको भए माओवादी केन्द्र, नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच १६ गते चुनावी तालमेल घोषणा गर्ने कार्यक्रम थियो’ प्रचण्ड, बाबुराम र उपेन्द्र यादवबीच संवादको मध्यस्तता गरेका एक नेता भन्छन, ‘उपेन्द्रजी तराईबाट नफर्केपछि त्यस्तो गठबन्धन बन्न सकेन, र एमालेसँगको गठबन्धन बन्यो ।’

वामपन्थी छाडेर कांग्रेसको शरण ?लामो समय वामपन्थी राजनीति गरेको र समाजवादको व्याख्या गर्न सक्ने बौद्धिक नेताको रुपमा बाबुरामले चुनावपछि एकीकरण हुने भनिएको पार्टीमा राम्रै हैसियत पाउने सम्भावना कायमै रहेको एमालेका नेताहरु बताउँछन् । तर बाबुरामले जसरी हतार हतारमा वामपन्थी एलाइन्समा भाग लिने निर्णय गरे, त्यसैगरी उनी बाहिरिए ।
मूलधारका संसदवादी दललाई थोत्रा÷पूरानाको आरोप लगाउदै बैकल्पिक राजनीति गर्ने भन्दै नयाँ शक्ति स्थापना गरेका बाबुराम यति छिट्टै वामपन्थी राजनीतिमा फर्किने अपेक्षा कमैले गरेका थिए । तर वाकपटुतामा चतुर बाबुरामले ‘ऐतिहासिक आवस्यकता र आकस्मिकताको सम्मिलन’को तर्क दिएर वामपन्थी गठबन्धनमा होमिए । वापमन्थी गठबन्धनमा सहभागि भएपछि उनले राजनीतिक पुर्नजीवन पाएको टिप्पणी भएको थियो ।
‘भन्ने गरिन्छ इतिहासको निर्माण ऐतिहासिक आवयकता र आकस्मिकताको सम्मिलन स्वरुप हुने गर्दछ । नेपालको इतिहास आजदेखि नयाँ चरणमा प्रवेश गरेको छ’ भट्टराईले वामपन्थी गठबन्धन घोषणा कार्यक्रममा भनेका थिए । छोटो सम्वोधनका क्रममा बाबुरामले समुन्नत समाजवादको सपना बाढ्दा राष्ट्रिय सभागृहमा ताली बजेको थियो ।
‘देशलाई समुन्नत समाजवादमा लैजानका लागि सम्पूर्ण कम्युनिष्ट वामपन्थीको एकता देशले चाहेका छ । सम्पूर्ण वामपन्थी प्रगतिशिल शक्ति एक बनुन्, स्पष्ट बहुमत मात्र होइन दुइतिहाइ ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यबस्थागर्न यो गठबन्धन सफल हुनेछ’ बाबुरामले भनेका थिए ।
तर वामपन्थी गठबन्धन बाबुराम भट्टराइका लागि रामछायाँ भएको छ । नेकपा एमाले र माओवादीबाट धोखा भएको भन्दै नयाँ शक्तिले आँखा चिह्न लिएर चुनावमा भाग लिने घोषणा गर्यो । र, बाबुरामले सामाजिक सञ्जाल फेसबुकमा अत्यन्त छोटो र अर्थपूर्ण सन्देश लेखेका छन्, ‘हामीले आँखा खोल्यौं ।’
आँखा खोल्यौ भनेर लेखेको भोलिपल्ट बाबुराम नेपाली कांग्रेससंग चुनावी तालमेलको खोजीमा लागे । वापमन्थी गठबन्धनबाट रन्थनिएको कांग्रेसले बाबुरामलाई गोरखा २ मा समर्थन गर्ने जनाउ दिएको छ ।
चुनाव जित्नको लागि बाबुरामले कांग्रेसको चुनाव चिह्न रुखको छहारी रोज्नेसम्मको तयारी भएको छ । कांग्रेसको चिह्न लिएर बाबुराम चुनावमा भोटमाग्न आउनु बामपन्थी बाहुल्य गोरखाली मतदाताका लागि कौतुहलताको बिषय बन्ने निश्चित छ ।
नेता र राजनेताबीचको भिन्नतापछिल्ला राजनीतिक घटनाक्रम र राजनीतिक संस्कारप्रति वितृष्णा पैदा भएको बताउने बरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले लोकान्तरसँगको कुराकानीमा एउटा किस्सा सुनाए ।
राजनेताले देशको अर्को पुस्तालाई हेर्छनेताले अर्को चुनावलाई हेर्छभोलिको राजनीति के हुन्छ भन्न नसक्नेलाई हामीले नेता मानेर हिडनु परेको छ !