गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका टीबी कार्की पछि हटेका छन् ।
उनले अध्यक्षका दुई प्रत्यासी भवन भट्ट र जमुना घलेले आफ्नो एजेण्डामा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले उम्मेदवार नदिएको बताए ।
कतारमा निर्माण व्यवसाय चलाएका उनले मध्यपूर्वका एजेण्डा दुई उम्मेदवारलें पूरा गर्ने वचनबद्धता गरेकोले आफूले उम्मेदवारी नदिएको बताए ।
योसँगै अब एनआरएनको नयाँ नेतृत्वको लागि घले र भट्टबीच अर्को प्रतिस्पर्धा हुने देखिएको छ । एनआरएनको अध्यक्षका लागि भट्टले आइतबार नै र जमुनाले आज बिहान उम्मेदवारी दर्ता गराएकी थिइन् ।