०५ साउन २०८३, मंगलबार
कोशी प्रदेशमा नयाँ सरकार

कोशीका मुख्यमन्त्रीको शपथ साँझ ५ बजे, २ जना मन्त्री नियुक्तिको तयारी

बैशाख २७, २०८१
विराटनगर
कोशीका मुख्यमन्त्रीको शपथ साँझ ५ बजे, २ जना मन्त्री नियुक्तिको तयारी

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण आज साँझ ५ बजेका लागि तय गरिएको छ । आजै दुईजना मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री कार्की रहेको उनीनिकट स्रोतले जनाएको छ ।

इलामका राम राना मगरलाई आर्थिक मामिमामन्त्री बनाउने सहमति भएको नेकपा (एमाले)का प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए । राना मुख्यमन्त्रीकै दल एमालेका सांसद हुन् ।

मन्त्री बन्ने विषयमा नेकपा (माओवादी केन्द्र)मा भने किचलो देखिएको छ । दुई पूर्वमन्त्रीले दाबी गरेपछि माओवादीमा किचलो बनेको हो । स्रोतका अनुसार गणेश उप्रेती र दुर्गा चापागाईं मन्त्री बन्न कम्मर कसेर लागेका छन् । मुख्यमन्त्रीले भने चापागाईंलाई मन्त्री बनाउन खोजेपछि माओवादीमा विवाद भएको बताइएको छ ।

चापागाईं हिक्मतकै पालामा भौतिक पूर्वाधार विकासमन्त्री थिए भने  उप्रेती केदार कार्कीका पालामा वन तथा पर्यटनमन्त्री थिए । चापागाईंले भने आर्थिक मामिलामा दाबी गरेको स्रोतले बताएको छ । 

‘आज दुई पार्टीबाट एक–एक जना बनाउने सहमति भएको छ,’ एमालेका एक नेताले लोकान्तरसँग भने, ‘माओवादीले भौतिक पूर्वाधार पाउँछ । विवाद भए आज विनाविभागीय भएपनि नियुक्त हुन्छन् ।’

यता माओवादी संसदीय दलका नेता संसदीय दलका नेता इन्द्र आङ्बोले भने संसदीय दलले निर्णय गर्ने बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्