२८ जेठ २०८३, बिहीबार

विदेशी अनुदानबारे पूर्वमेयर–उपमेयरलाई हर्कले सोधे ९ बुँदे प्रश्न

बैशाख २७, २०८१
काठमाडौं
विदेशी अनुदानबारे पूर्वमेयर–उपमेयरलाई हर्कले सोधे ९ बुँदे प्रश्न

धरान उपमहानगरपालिकाका मेयर (प्रमुख) हर्कराज राई (हर्क साम्पाङ)ले विदेशी अनुदानबारे पूर्वमेयर तिलक राई र पूर्वउपमेयर मञ्जु भण्डारी सुवेदीबारे प्रश्न गरेका छन् ।

उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै ९ बुँदे प्रश्न तेर्स्याएका हुन् । 

मेयर साम्पाङले पूर्ण रुपमा सफल नभएको आयोजना एसियाली विकास बैंक (एडीबी) सफल भएको भनी पूर्वमेयर राई र उपमेयर भण्डारीले नगरवासीलाई ढाटेको आरोप लगाएका छन् । 

‘एडीबीको ऋण अनुदान सहयोगमा नगरको खानेपानी समस्यालाई समाधान गर्नका लागि सम्झौता गरेबमोजिम खानेपानीको दीर्घकालीन समस्याको समाधान नै नभई पूर्ण रुपमा सफल नभएको आयोजना सफल भएको भनी तपाईँ नगरको प्रमुख–उपप्रमुख भएको कार्यकालमा खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरी हालसम्म पनि नगरवासीहरुलाई उक्त आयोजनाबाट पानी उत्पादन गरी वितरण गर्न नसकेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोजना सञ्चालन हुँदा चरम लापरबाही तथा भ्रष्टाचार भएको भनेरसमेत जनगुनासो आएको सन्दर्भमा उक्त आयोजनासम्बन्धी तपसिल बमोजिम के कसो भएको हो सो विषयमा ७ दिनभित्रमा लिखित स्पष्ट पारिदिन हुन अनुरोध छ ।’

मेयर साम्पाङले एडीबीको ऋण लिने निर्णय कुन मितिमा को कसले गरेको हो ? एडीबीबाट ऋण किन र कति ल्याएको हो ? जस्ता प्रश्न सोधका छन् ।

प्रश्नको पूर्णपाठः  

null
 

salt training

कमेन्ट गर्नुहोस्