
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एमाले)का राम रानामगर र नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेतीलाई विनाविभागीय मन्त्री बनाउने तयारी गरेका छन् ।
मुख्यमन्त्री कार्कीले शपथ लिएपछि उनीहरूलाई पनि मन्त्री नियुक्त गरेर आजै शपथको तयारी गरिएको छ ।
मन्त्रालयमा कुरा नमिलेपछि २ जनालाई विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।
एमाले संसदीय दलका नेता कार्की आजै मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आफ्नो दल एमाले र माओवादी केन्द्रलगायतका गरी ५२ जनाको समर्थन पाएका छन् । कोशी प्रदेशसभामा ९३ जना सांसद छन् । ५२ बहुमत संख्या हो ।