२७ असार २०८३, शनिबार
कोशी प्रदेशमा नयाँ सरकार

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ

बैशाख २७, २०८१
विराटनगर
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित समाराेहमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले नेकपा (एमाले)का राम रानामगर र नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेतीलाई विनाविभागीय मन्त्री बनाउने तयारी गरेका छन् ।
मुख्यमन्त्री कार्कीले शपथ लिएपछि उनीहरूलाई पनि मन्त्री नियुक्त गरेर आजै शपथको तयारी गरिएको छ ।

मन्त्रालयमा कुरा नमिलेपछि २ जनालाई विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो । 

कमेन्ट गर्नुहोस्