×

NIC ASIA

पक्राउ गर्न गोली चलाउनुपर्ने अवस्था

लागूऔषध कारोबारी पक्रन बारम्बार 'फायरिङ' : बाध्यता कि अपराधी तर्साउन गोली बर्साउँछ प्रहरी ?

मानव अधिकारकर्मी भन्छन्– गोली नै चलाउनुपर्ने अवस्थाबारे गम्भीर भएर समीक्षा गर्नुपर्छ

काठमाडाैं | बैशाख २८, २०८१

Prabhu Bank
NTC
Premier Steels

बाँकेको कोहलपुरस्थित पिपरा रोडमा बिहीबार बिहान प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गर्‍यो । काठमाडौंस्थित लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)बाट खटिएको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो ? एनसीबीका प्रमुख एसएसपी गोविन्द थपलिया भन्छन्, ‘प्रहरीलाई हम्मरले हान्न थालेपछि एक राउण्ड गोली प्रहार गरिएको हो । बायाँ खुट्टामा सामान्य चोट मात्रै लागेको छ ।’ 

गोली लागि घाइते भएका सुशील परियार रुपेडिया नाकाबाट भारतीय लागूऔषध कारोबारीसँग सेटिङमा खैरो हेरोइन नेपालमा ल्याएर बिक्री गर्ने गरेको सूचना एनसीबीलाई आएको थियो । विगत चार/पाँच दिनदेखि एनसीबीको टोली बाँकेस्थित कोहलपुरमा पुगेर परियारलाई ‘रेकी’ गरिरहेको थियो । एनसीबीबाट प्रहरी निरीक्षक रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलले बाँके प्रहरीको समन्वयमा परियारको निगरानी बढाएका थिए । ‘भारतीय नागरिक 'भाइजान'सँग मिलेर परियारले लागूऔषध खैरो हेरोइनको कारोबार गरेको देखियो,’ थपलियाले भने, ‘एनसीबीको चाहना भाइजानलाई नै पक्राउ गर्ने थियो तर, प्रहरी देख्नेवित्तिकै परियारले हम्मरले झट्टी हानेर भाग्न खोजे । प्रहरीले गोली चलाएपछि भीड जम्मा भयो । सोधीखोजी गर्न थालेपछि घटनाबारे सबैतिर हल्ला मच्चियो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनसीबीका अनुसार भे ६ प ६२०६ र भे ५ प ३१३५ मा क्रमश: कोहलपुर चौपरगौडीका परियार र प्रमोद कार्की हुइकिँदै आएपछि रोक्न खोज्दा उनीहरू भागेका थिए । प्रहरीले ‘रोकरोक’ भन्दाभन्दै भाग्न खोजेपछि लखेट्न खोज्दा उल्टै हम्मरले हान्न थालेपछि गोली चलाएको जिकिर एसएसपी थपलियाको छ । 


Advertisment
Rupse Holidays
Nabil box

त्यसो त प्रहरीले यसअघि पनि लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । झापा गाउँपालिका–४ खैरबारीका २५ वर्षीय सरिफूल आलमलाई नियन्त्रणमा लिन गत वैशाख १७ गते प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीमाथि नै खुकुरी प्रहार गर्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरी दाबी थियो । तत्कालीन समयमा प्रहरीले सरिफूल आलम घाइते भएका थिए । उनको साथबाट प्रहरीले ११६.६० ग्राम ब्राउनसुगर, दाउ र खुकुरी बरामद गरेको गरेको थियो । 

Vianet communication

२०८० कात्तिक १५ मा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । काठमाडौंको गोठाटारमा ब्राउन सुगर कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीले भारतीय नागरिक मोहम्मद करिम घाइते भएका थिए । उनले प्रहरीमाथि नै गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको थियो । प्रहरीले तत्कालीन समयमा एक थान पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरेको थियो । 

२०७६ जेठ २९ गते पोखराको उत्तम चोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन एनसीबीको प्रहरी टोलीले गोली चलाएको थियो । उत्तम चोकमा रहेको एक क्याफेमा ग १३ प ८२२८ नम्बरको मोटरसाइकलमा पुगेका कारोबारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिकार गरेपछि गोली चलाएको थियो । गोली लागेर पोखरा–१० का गोविन्द थापा घाइते भएका थिए । उनी लागूऔषध कारोबारी भएको प्रहरी दाबी थियो । 

माथिका यी घटना हेर्दा कारोबारीबाट बरामद गरेको लागूऔषध परिमाण र गोली लागेर घाइते भएकाहरू ठूला र्‍याकेट सञ्चालन गर्ने कारोबारीजस्ता देखिँदैनन् । प्रहरीले तर्साउन र नियन्त्रणमा लिनकै लागि पनि गोली चलाउने गरेको टिप्पणी हुँदै आएको छ । 

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी प्रहरीको यो कदमलाई गैरजिम्मेवारीपूर्ण भन्छिन् । ‘पछिल्ला दिनमा सामान्य कारोबारी वा दुर्व्यसनकर्तालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदै आएको देखिन्छ,’ अन्सारीले भनिन्, ‘अहिले देशमा संकटकाल छ र ? आरोपीलाई पक्राउ गर्न गोली नै चलाउनुपर्ने अवस्थाबारे प्रहरीले गम्भीर भएर समीक्षा गर्नुपर्छ । ऊ जवाफदेही हुनुपर्छ ।’ 

प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको भनेर अभिव्यक्ति दिए पनि त्यसको पुष्टि गर्ने आधार खोज्नुपर्ने बेला आएको अन्सारीको बुझाइ छ । उनले बन्दुक चलाएर अपराधी तर्साउनेभन्दा पनि अपराध नै हुन नदिने दिशातर्फ प्रहरी लाग्नुपर्ने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x