२८ जेठ २०८३, बिहीबार

भरतपुर महानगरले भित्र्यायो ब्रुमर, मुख्य बजार क्षेत्रमा खपिनसक्नु धुलो

बैशाख २८, २०८१
काठमाडौं
भरतपुर महानगरले भित्र्यायो ब्रुमर, मुख्य बजार क्षेत्रमा खपिनसक्नु धुलो

चितवनको भरतपुर महानगरले सडकको धूलो सफा गर्नका लागि ब्रुमर भित्र्याएको छ ।

मेयर रेनु दाहालले निर्माण सम्पन्न भएका मुख्य सडकमा ब्रुमर चलाइने बताएकी छिन् ।

‘निर्माण सम्पन्न भएका मुख्य सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ, भरतपुरलाई हामी स्वच्छ सफा हराभरा महानगर बनाउनेछौं’, ब्रुमरका तस्वीर राख्दै उनले लेखेकी छिन् ।

नारायणगढको मुख्य बजार क्षेत्रमा भने खपिनसक्नु धूलो छ ।

भत्काइएको सडक समयमा नबन्दा बजार क्षेत्रमा खपिनसक्नु धूलो भएको स्थानीयले गुनासो गर्ने गरेका छन् ।

यसअघि काठमाडौं र ललितपुर महानगरले सडकमा ब्रुमर चलाए पनि काठमाडौंमा धूलो नियन्त्रण हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्