कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
कालीकोट | बैशाख २८, २०८१
कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् ।
गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन् ।
आठदेखि दश महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ ।
उक्त खण्डमा साना तथा ठूला खोलामा गरी १६ वटा पक्की पुल निर्माण भएको खुलालु आयोजनाका प्रमुख वीरेन्द्र चन्दले बताए ।
'गत वैशाखदेखि निर्माण शुरू भएको थियो', उनले भने, 'सबै पुल निर्माण गत कात्तिकमा सम्पन्न भए पनि बाँकी काम भने चैतमा सम्पन्न भएका छन् ।'
सलिसल्लासम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै निर्माण सामग्री जुटाउन सहज भएकाले चाँडो काम सम्पन्न भएको प्रमुख चन्दले जानकारी दिए ।
'निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठ वटा छन्', उनले भने, 'बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म आठ वटा छन् ।'
सबै पुल छ मिटर चौडाइ र आठ मिटर लम्बाइका रहेका आयोजनाका प्रमुख चन्दले बताए ।
'यी सबै पुल निर्माणका लागि भ्याटसहित कार्यालयले ९ करोड लागतमा बनाएको हो', उनले भने, 'पुल निर्माणसँगै बर्खा याममा बाढी पहिरो तथा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ ।'
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...