२८ जेठ २०८३, बिहीबार

केजरीवाललाई जुनसम्मका लागि अन्तरिम जमानत

बैशाख २८, २०८१
काठमाडौं
केजरीवाललाई जुनसम्मका लागि अन्तरिम जमानत

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अदालतले केही राहत दिएको छ । सर्वोच्च अदालतले शुक्रबार अन्तरिम जमानतको याचिकामा केजरीवालको पक्षमा फैसला गरेको छ । फैसला सुनाउँदै अदालतले एक जुनसम्मको लागि उनलाई अन्तरिम जमानत दिएको हो । 

जाँच एजेन्सी प्रवर्तन निदेशालय (ईडी)ले अरबिन्द केजरीवालको जमानत याचिकाको विरोध गरेको थियो । ईडीले चार्ज सिट दर्ता गराउँदै केजरीवाल र उनको पार्टी आम आदमी दल (आप)लाई घेर्ने योजना बनाएको थियो । ईडीले रक्सी घोटालाका मुख्य अभियुक्त नै केजरीवाल भएको बताएको छ ।

तर अदालतले इडीलाई नोटिस जारी गर्दै २ हप्तामा जवाफ दिन भनेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्