०७ साउन २०८३, बिहीबार

संसदको अर्को बैठक जेठ १ गते बस्ने

बैशाख २८, २०८१
काठमाडौं
संसदको अर्को बैठक जेठ १ गते बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेपछि बैठक स्थगित भएको छ । 
बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएपछि बैठक स्थगित भएको हो । 

सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न दिन आह्वान गर्दा कांग्रेस नाराबाजीमा उत्रिएपछि जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्नुपर्ने कांग्रेसको अडान छ । सो माग पुरा नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । 
 

कमेन्ट गर्नुहोस्