११ साउन २०८३, सोमबार

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने

बैशाख २८, २०८१
काठमाडौं
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने

संघीय संसदको दुबै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय हुँदा नेपाली कांग्रेसले अवरोध कायमै राख्ने जनाएको छ । 

संघीय संसद सचिवालयले संघीय संसदको संयुक्त बैठक जेठ १ गते दिउँसो ३ बजे बस्ने गरेर समय निर्धारण गरिसकेको छ । 

तर, आफूहरुको माग सम्बोधन नभएसम्म सदन चल्न नदिने कांग्रेसको भनाइ छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अवरुद्ध हुने बताए । 

कांग्रेसले शुक्रबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा पनि अवरुद्ध पारेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्