१० साउन २०८३, आइतबार

बहालवाला अध्यक्षलाई पराजित गरी कपिलवस्तु एमाले अध्यक्षमा खनाल

बैशाख २८, २०८१
बुटवल
बहालवाला अध्यक्षलाई पराजित गरी कपिलवस्तु एमाले अध्यक्षमा खनाल

बुटवल । बहालवाला अध्यक्ष डम्बर शर्मालाई पराजित गरी  नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् । शर्मालाई पराजित गर्दै खनाल पार्टीको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । 

खनालले २४ मतान्तरले विजयी भएका हुन् । खनालले २७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले २५३ मत मात्र ल्याउन सके । शर्माको पक्षमा जिल्ला इन्चार्ज खिमलाल भटटराई, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे प्रदेशका मन्त्री अर्जुन केसी लाग्दा पनि खनाल एक्लै जित निकालेपछि पार्टी पंक्तिमा तरंग आएको छ । 
उपाध्यक्षमा भेषराज पाण्डेलाई पराजित गरी शंकर पाण्डे विजयी भएका छन् । शंकरले ३१२ मत ल्याउँदा भेषराजले २०१ मत मात्र ल्याउन सके । त्यस्तैगरी सचिवमा सीबी गहतराज ३०४ मतका साथ विजयी भएका छन् । गहतराजका प्रतिस्पर्धी विश्व कार्की २१२ मत मात्र ल्याउन सके ।

उपसचिवमा सुशिला दर्लामी र देवी बहादुर पोखरेल विजयी भएका छन् । नयाँ नेतृत्वको लागि ५५३ मत खसेको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए । अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्