२१ जेठ २०८३, बिहीबार

वार्ताबाट समस्या समाधान गर्न आह्वान

बैशाख २९, २०८१
काठमाडौं
वार्ताबाट समस्या समाधान गर्न आह्वान

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित सिनोहाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले जल्गिनी–अर्खलेबेँसी सडक स्तरोन्नति सङ्घर्ष समितिलाई वार्ताको माध्यमबाट समस्याको निकाय खोज्नुपर्ने बताउँदै त्यसनिम्ति वार्तामा बस्न आह्वान गरेको छ ।

उक्त कम्पनीले अपिल जारी गर्दै सङ्घर्षका सम्पूर्ण कार्यक्रम त्यागेर वार्तामा आउन समितिलाई आग्रह गरेको छ ।

 कम्पनीले नेपाल सरकारको कानुनमा नै व्यवस्था भएको १० प्रतिशत पानी नियमितरुपमा छाड्ने, स्थानीयले पाउनुपर्ने १० प्रतिशत शेयर, निर्माणका बेला र त्यो सम्पन्न भएपछि पनि प्रभावित क्षेत्रभित्रको सडक स्तरोन्नति गर्न सकारात्मक रहेको स्पष्ट गरेको छ । 

कम्पनीले सडक स्तरोन्नति गर्न तथा त्यसनिम्ति आवश्यक पर्ने रकमसमेत उपलब्ध गराउन सकारात्मक रहेको जनाउँदै आयोजनालाई प्रभावित पार्ने कुनै किसिममा गतिविधि नगर्न समितिसमक्ष अनुरोध गरेको छ । 

सङ्घर्ष समितिका संयोजक युवा घले र सचिव लोकनाथ घिमिरेले शुक्रबार संयुक्त वक्तव्य निकालेर आजदेखि चरणबद्धरुपमा आन्दोलन गर्ने घोषणा गरेपछि कम्पनीले वार्तामा आउन आह्वान गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्