०८ साउन २०८३, शुक्रबार

नेता अघि लगाएर प्रधानमन्त्री भेट्न पुगे कवाड व्यवसायी

बैशाख २९, २०८१
काठमाडौं
नेता अघि लगाएर प्रधानमन्त्री भेट्न पुगे कवाड व्यवसायी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कवाड व्यवसायीहरुमाथि सरकारले धरपकड नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा  प्रचण्डले यस्तो बताएका हुन् । 

अदालतको अन्तरिम आदेशविपरीत काठमाडौं महानगरले व्यवसायीहरुमाथि धरपकड गर्न नपाउने प्रधानमन्त्रीको भनाइ थियो । 

 महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउने गरी महानगरभित्रका वडा कार्यालयहरूबाट परिपत्र जारी गरिएकोप्रति व्यवसायीहरूले सो क्रममा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

 महानगरले आफूहरुको व्यवसायीक फर्मको दर्ता नवीकरणसमेत नगरेको उनीहरुको गुनासो थियो । 
कवाड व्यवसायीहरू माओवादी केन्द्रका नेता मातृका यादव, आजपा नेता प्रभु साह लगायतलाई साथै लिएर प्रधानमन्त्रीलाई भेट्न र ध्यानाकर्षण पत्र बुझाउन पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्