काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सानो लोकलको ३० रुपैयाँ तोकिएको छ ।
यस्तै आलु रातोको ५०, आलु सेतोको ४२, प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको ७०, लौकाको ४०, राये सागको ८० रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज हरियोको १४०, अनारको ३५०, केरा दर्जनको १४० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
मूल्यसूची विस्तृतमाः