१४ असार २०८३, आइतबार

राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४  जना पक्राउ

बैशाख ३०, २०८१
काठमाडौं
राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४  जना पक्राउ

 काठमाडौंको बत्तीसपुतलीमा शनिवार एक युवकको हत्या भएको छ ।  मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

शनिवार साँझ धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पु-याएको पनि उनको उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्