
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी आज पनि बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेदेखि शुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
शनिबार शुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि बैठक बस्न लागेको उनको भनाइ छ । स्थायी कमिटी बैठक सकिएलगत्तै पोलिटब्यूरो बैठक बस्ने उनको भनाइ छ ।
हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विषयमा धारणा राखेका थिए भने महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे बैठकमा जानकारी गराएका थिए।