२० असार २०८३, शनिबार

चितवनमा विद्यार्थी लिन जाँदै गरेको बसमा पेट्रोल बम प्रहार

बैशाख ३०, २०८१
चितवन
चितवनमा विद्यार्थी लिन जाँदै गरेको बसमा पेट्रोल बम प्रहार

भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन जाँदै गरेको बसमा पेट्रोल बम प्रहार भएको छ ।

आज बिहान स्मल हेभन बोडिङ स्कूलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 

उनले छ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको बताए ।

'प्रहरी घटनास्थलमा पुगी घटनाको विवरण लिने काम भइरहेको छ । थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भनेर खुल्ला', उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्