०४ असार २०८३, बिहीबार

नुहाउने क्रममा नदीमा डुबेर २ बालबालिकाको मृत्यु

बैशाख ३०, २०८१
कैलाली
नुहाउने क्रममा नदीमा डुबेर २ बालबालिकाको मृत्यु

कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाँध नदीमा नुहाउने क्रममा आज दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलारी –८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउद रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार खड्काको घटनास्थलमै र साउदको सेती प्रादेशिक अस्पताल मृत्यु भएको हो ।

दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्