१९ असार २०८३, शुक्रबार

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

बैशाख ३०, २०८१
कास्की
स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष ०८०/८१ को कार्य प्रगति विवरणसहितको छलफलमा उनले कार्यक्षमताका आधारमा प्रदेश सरकारप्रति जनताको आशा बढाउनुपर्ने बताए । “प्रदेशको औचित्य पुष्टि गर्ने कुरा तपाईंको हातमा छ, कर्मचारीको प्रभावकारी कार्यसम्पादनले जनतामा आशा जगाउँछ” मुख्यमन्त्री अधिकारीले भने, “यसका लागि मन्त्री, सचिवदेखि कर्मचारीको कार्य प्रगतिको खाँचो छ ।” 

संविधानले दुई वर्ष सरकार नफेर्ने कल्पना गरेपनि समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिने प्रावधानले स्थिर सरकार बन्न नसकेको उनको भनाइ थियो । उनले दैनिक कार्य प्रभावित हुने गरी बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिए । टुक्रे योजनामा बजेट छुट्याउँदा प्रभावकारी नहुने भएकाले आगामी आर्थिक वर्षको नीति तथा योजना एवम् बजेट निर्माण गर्दा विशेष ध्यान दिन निर्देशन दिए । 

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत र सूचना अधिकारी राजन भट्टराईले आव ०८०/८१ को कार्यप्रगति विवरण प्रस्तुत गरी मुख्यमन्त्री अधिकारीको जिज्ञासामा जवाफ दिनुभएको थियो । प्रदेशस्तरका आयोजना कार्यान्वयनमा कतिपय सङ्घीय कानुन अवरोध बनेकाले समयमै आयोजना सम्पन्न गर्न नसकिएको बताए । 
प्रदेशमा स्थापना हुने ठूला उद्योग व्यवसाय दर्ता र नवीकरणका लागि प्रदेशस्तरमा सम्बन्धित निकाय नहुँदा कठिनाइ भोग्नुपरेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । सङ्घीय विनियोजन ऐनका कारण प्रदेश सरकारले सङ्घीय एकाइलाई बजेट अख्तियारी प्रदान गरी काम गराउन कठिनाइ भएको, प्रदेश मन्त्रालय अन्तर्गतका भवन रहेका जग्गाको स्वामित्व प्रदेश सरकार मातहत ल्याउनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्