१३ असार २०८३, शनिबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

बैशाख ३१, २०८१
काठमाडौं
कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । संसद्‌को घटनाक्रमबारे छलफल गर्न कांग्रेसले आज दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको हो । 

आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सहकारीको रकम हिनामिना प्रकरणको संसदीय छानबिन समिति नबनाउनेतर्फ सरकार उद्यत भएको निष्कर्ष निकालेको थियो । 

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, सरकार तयार नभएपछि संसद प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।

सरकार छानबिन समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको कांग्रेसले आरोप लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्