२६ असार २०८३, शुक्रबार

कोशीमा केन्द्रको निर्णय कुर्दै कांग्रेस, संसदीय दलको बैठक सर्‍यो

बैशाख ३१, २०८१
विराटनगर
कोशीमा केन्द्रको निर्णय कुर्दै कांग्रेस, संसदीय दलको बैठक सर्‍यो

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक अझै बस्न सकेको छैन । केन्द्रमा गण्डकी र कोशी प्रदेशको विषयलाई लिएर बैठक बसिरहेको र त्यसको निर्णय नआएसम्म बैठक सारिएको कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले बताए । उनले केन्द्रको निर्णय पछाडि बैठक बसेर निर्णय गर्ने जानकारी दिए । 

आज मुख्यमन्त्री हिक्मत कार्किले विश्वासको मत लिँदै छन् । विपश्वासको मत लिने विषयमा कांग्रेसले निर्णय गर्न बैठक बोलाएको थियो । तर बैठक बस्नुअगाडि केन्द्रीय सदस्यहरूसँग नेता थापाले छुट्टै छलफल गरेका थिए । बैठक बहिष्कार गर्ने रणनीति बनाए पनि त्यस विषयमा मतभेद भएपछि केन्द्रको निर्णय मान्ने सहमति भएर बैठक सारिएको जनाइएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्की पक्षले सदन नै अवरोध गर्नु पर्ने बताउँदै आएको छ भने संस्थापन पक्षले बैठक बहिष्कार नगर्ने बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्