०५ साउन २०८३, मंगलबार

कोशीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने

बैशाख ३१, २०८१
विराटनगर
कोशीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले विपक्षी बेन्चमा बसेर तटस्थमा मतदान गर्ने निर्णय गरेको संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

यसअघि भने राप्रपाले हिक्मत कार्की नेतृत्वको सरकारलाई सहयोग गर्दै आएको छ ।

यस्तै, आज बसेको बैठकले प्रेमराज थामसुहाङ उपनेता र सविना बजगाईँलाई प्रमुख सचेतकमा चयन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्