२५ असार २०८३, बिहीबार

एआईजीको फूली लगाइसकेका ढकाल अझै डीआइजी !

बैशाख ३१, २०८१
काठमाडौं
एआईजीको फूली लगाइसकेका ढकाल अझै डीआइजी !

प्रहरी प्रधान कार्यालयले आफ्नो वेबसाइट बेलैमा अपडेट नगर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को फूली लगाइसकेका भीम ढकाल अझै प्रहरी नायब महानिरीक्षक (डीआइजी) कै रुपमा चिनिएका छन् ।

मुख्यालयले प्रवक्ताको रुपमा भीम ढकालको डीआईजीको फूली लगाएको फोटो राखेर केन्द्रीय प्रवक्ताको रुपमा राखेको छ ।​

एआईजी ढकालको मानव स्रोत विकास विभागमा पदस्थापन भइसकेको छ । मुख्यालयले अझै प्रवक्ताको जिम्मेवारी कसैलाई पनि तोकेको छैन ।

सहायक प्रवक्ताको रुपमा यसअघि एसएसपी दानबहादुर कार्कीलाई तोकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्