२४ असार २०८३, बुधबार

प्रहरी केन्द्रीय प्रवक्तामा एसएसपी कार्की

बैशाख ३१, २०८१
काठमाडौं
प्रहरी केन्द्रीय प्रवक्तामा एसएसपी कार्की

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई तोकेको छ ।

यसअघिका प्रवक्ता भीम ढकाल एआईजीमा पदोन्नति भएपछि कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिइएको मुख्यालयले जनाएको छ।

मुख्यालयका अनुसार प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी कार्कीले नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नेछन् ।

कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगाना  [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्