
जनता समाजवादी पार्टीका दुई मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।
जसपाबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
त्यस्तै, राज्यमन्त्री हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका छन् । खानले जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
जनता समाजवादी पार्टी नेपालबाट २३ वैशाखमा विभाजित भएर अशोक राईको नेतृत्वमा जसपा पार्टी गठन भएको थियो ।
पार्टी विभाजन भएपछि जसपाका नेपालबाट स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादवले राजीनामा दिएपछि जसपाबाट मन्त्री थपिएका हुन् ।
प्रतिनिधि सभामा जसपाका ७ र जसपा नेपालका ५ सांसद छन् ।
