०२ साउन २०८३, शनिबार

अस्ट्रेलियामा निमालाई स्वर्ण

बैशाख ३१, २०८१
काठमाडौं
अस्ट्रेलियामा निमालाई स्वर्ण

निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् । 

अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लुको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजीमुनि निमाले भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।

भारत र नेपालमा भएको क्रमशः १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता निमाले २०१६ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ओलम्पिक छनोटमा कांस्य जितेकी थिइन् ।
प्रतियोगितामा भुपेन श्रेष्ठ पुरुष ८७ केजीमुनि रजत जित्न सफल भए । १३ औं सागका स्वर्णधारी भुपेन फाइनलमा अस्ट्रेलियाका आइडेन स्टिलीसंग पराजित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्