१६ असार २०८३, मंगलबार

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

बैशाख ३१, २०८१
काठमाडौं
श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ । 

राजधानी अस्तानाको अदालतले पूर्वअर्थमन्त्री कुआन्डिक बिशिम्बायेभलाई कारागार सजाय सुनाएको हो । उनले गत वर्ष आफ्नी श्रीमती साल्टानाट नुकेनोभाको हत्या गरेका थिए । चवालिस वर्षीय बिशिम्बायेभलाई यातना र हत्या गरेको अभियोगमा दोषी पाइएको थियो । 

हत्यापछि मुलुकमा महिलाहरूको सरक्षाका लागि कडा कानून बनाउन माग गर्दै अनलाइन आवेदन सुरु गरिएको थियो । यसले केही दिनमै दशौँ हजार हस्ताक्षर सङ्कलन गरेको छ । 

बिशिम्बायेले आफू निर्दोष भएको बताएका छन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा पहिला नै १० वर्षको कारागार सजाय सुनाइएको थियो तर एक वर्षपछि आममाफीपछि उनी रिहा भएका थिए । 

घरेलु हिंसालाई फौजदारी संहितामा समावेश नगरिएको कजाकिस्तानमा हरेक वर्ष ८० भन्दा बढी महिला हत्या आधिकारिकरूपमा रेकर्ड हुन्छन् । संयुक्त राष्ट्रसङ्घले अनौपचारिकरूपमा महिला हत्याको सङ्ख्या चार सयसम्म हुनसक्ने अनुमान गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्