०५ साउन २०८३, मंगलबार

राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ

बैशाख ३१, २०८१
स्याङ्जा
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताएका छन् । स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उनले राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्ने बताए ।  “नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,” उनले भने, “राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ ।”

खेलाडीहरुको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीयस्तरमा खेलकुदका गतिविधिहरु निरन्तर हुनु आवश्यक रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्