२० असार २०८३, शनिबार
संघीय संसद्‌को संयुक्त बैठक बस्ने

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

जेठ १, २०८१
काठमाडौं
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकारको सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।  

संघीय संसद् सचिवालयले २:४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई आग्रह गरिसकेको छ । 

तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसद् अवरुद्ध गर्ने तयारी गरेको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले सहकारी ठगी प्रकणमा छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने निर्णय गरेको थियो ।

कांग्रेसले यसबारे आज आधिकारिक निर्णय गर्दै छ । कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । हिजो नै बस्ने भनिए पनि बैठक आजका लागि सारिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्