०३ साउन २०८३, आइतबार

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

जेठ १, २०८१
काठमाडौं
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।  । एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल छन् । एम्बुलेन्स र चालकलाई इलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्