१० साउन २०८३, आइतबार
सरकारको नीति तथा कार्यक्रम

औद्योगिक ग्राम निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई आकर्षित गर्ने सरकारको नीति

जेठ १, २०८१
काठमाडौं
औद्योगिक ग्राम निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई आकर्षित गर्ने सरकारको नीति

औद्योगिक ग्रामको निर्माण र सञ्चानमा निजी क्षेत्रलाई आकर्षित गर्ने सरकाले नीति लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।

यस्तै उद्योगहरूमा चौथो पुस्ताको औद्योगिक अवधारणा उपयोग गर्न प्रोत्साहित गरिने पनि सरकारको नीति छ । 

‘उद्योग र कृषी तथा अन्य क्षेत्रका उत्पादन, उपभोग र रोजगारी वृद्धिसँग सम्बन्धित कार्यक्रमहरु एकिकृत रुपमा सञ्चालन गरिने छ । उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहित गर्न सहयोग पुर्याउन कार्यक्रम कार्यान्वयनमा ल्याइने छ,’ राष्ट्रपतिले प्रस्तु गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै सरकारी क्षेत्रका सीपमूलक तालिमलाई उद्यमशीलता विकास र स्वरोजगार प्रवद्धन हुने गरी कार्यान्वयन गरिने, ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियानलाई प्रवद्र्धन गरिनेजस्ता नीति सरकारले लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्