१४ असार २०८३, आइतबार

टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिने

जेठ १, २०८१
काठमाडौं
टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिने

सरकारले पर्यटन क्षेत्रका कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ ।

पर्यटकीय वस्तुको विकास बजारीकरण र सहज पहुँचको व्यवस्थापन गरी नेपाललाई प्राथमिक र आकर्षण पर्यटकीय गन्तव्यको रुपमा क्षेत्रको विकास गरिने योजना सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिने बताए ।

पर्यटकीय सम्भावना भएका पहाडी भूभागमा स्थानीय स्रोतसाधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गर्ने सरकारको योजना छ ।

यस्तै नेपाललाई हवाई सेवालाई थप सुरक्षित, सुलभ र पहुँच योग्य बनाइने राष्ट्रपति पौडेलले बताए ।

उनका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी पूर्ण रुपमा सञ्चालन गरिने छ ।

यस्तै, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहनका प्याकेजको व्यवस्था गरिने छ।

salt training

कमेन्ट गर्नुहोस्