उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।
संघीय संसद्का दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने कार्यसूची रहेको बैठक कांग्रेसले अवरुद्ध पारेको हो ।
कांग्रेसको अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत हुन सकेन ।
अवरोधपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले जेठ ३ गते बिहीबार अपराह्न १:१५ मा बस्नेगरी बैठक स्थगित गरिएको घोषणा गरे ।
सहकारी ठगी प्रकरणमा रविमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।