२५ असार २०८३, बिहीबार
सहकारी ठगी प्रकरण

प्रतिनिधिसभामा कांग्रेसको अवरोध, बैठक शुरू हुनासाथ सांसदहरू गुरुरु वेलमा

जेठ १, २०८१
काठमाडौं
प्रतिनिधिसभामा कांग्रेसको अवरोध, बैठक शुरू हुनासाथ सांसदहरू गुरुरु वेलमा

सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को वेल घेराउ गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बैठक शुरू भएको घोषणा गर्नासाथ कांग्रेस सांसदहरू वेल घेर्न पुगेका थिए । 

कांग्रेस सांसदहरूले नाराबाजी नरोकेपछि सभामुख देवराज घिमिरेले जेठ ३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगन गरिएको घोषणा गरे ।

बैठकमा दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने कार्यसूची थियो ।

साथै, प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची समेत प्रभावित भयो ।

salt training

कमेन्ट गर्नुहोस्