२६ जेठ २०८३, मंगलबार

११७ किलो गाँजा बरामद

जेठ २, २०८१
पर्सा
११७ किलो गाँजा बरामद

ठोरी गाउँपालिका-४ पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुर जाने फायर लाईन इलाकाबाट अवैध लागूऔषध गाँजा १ सय १७ किलो ५ सय ग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा खटिएको नेपाली सेनाको पेट्रोलिङ टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले गाँजा फाली फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरीले कार्यालय ठोरीबाट खटिएको प्रहरीले गाँजा बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्