२५ जेठ २०८३, सोमबार

सन्दीपको मुद्दाको बहस जारी, अदालतबाहिर समर्थकको नाराबाजी

जेठ २, २०८१
काठमाडौं
सन्दीपको मुद्दाको बहस जारी, अदालतबाहिर समर्थकको नाराबाजी
मंगलबारको तस्वीर ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बुधबार पनि जारी छ ।

मंगलबार सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दा बुधबार फेरि सुनुवाइ भइरहेको हो ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ ।

भित्र बहस जारी रहँदा बाहिर समर्थकहरू भने सन्दीपको पक्षमा नारा लगाइरहेका छन् ।

उच्च अदालत परिसर हरिहर भवनअगाडि सन्दीपका समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

बुधबार नै फैसला आउने सम्भावना प्रबल छ । 
 

salt training

कमेन्ट गर्नुहोस्