२५ जेठ २०८३, सोमबार

पार्किङबाटै गाडी चोरेको आरोपमा १ जना पक्राउ

जेठ २, २०८१
काठमाडौं
पार्किङबाटै गाडी चोरेको आरोपमा १ जना पक्राउ

रातको समयमा ललितपुरका विभिन्न स्थानमा पार्किङ गरी राखिएका सवारीसाधन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भई हाल ललितपुरको सानेपा बस्दै आएका गणेशबहादुर गौतम छन् ।

उनले बा १४ च ९८२५, बा १२ च ४७०६ र बा ७ च ७७० नम्बरको टाटा कम्पनीको पिकअप गाडी श्रङ्खलाबद्ध रुपमा चोरी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार गौतमले गाडी चोरी गरेपछि ब्याट्री झिकेर बेवारिसे अवस्थामा छाडेर जाने गरेका थिए ।

प्रहरीका अनुसार गौतमले नैकाप र सतुंगलमा दुई वटा पिकअप गाडी छाडेका । यस्तै, बा ७ च ७७० नम्बरको पिकअप गाडी धादिङको खानीखोलामा छाडेर भागेका प्रहरीले जनाएको छ ।

खोजतलासका क्रममा गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा काभ्रेको भुम्लु गाउँपालिकास्थित दोलालघाटबाट पक्राउ गरिएको एसपी सुवेदीले जानकारी दिए ।

चोरी मुद्दामा गौतमविरुद्ध अनुसन्धान गर्न ललितपुर परिसरले जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्