२५ जेठ २०८३, सोमबार
सहकारी ठगी प्रकरण

संसदीय छानबिनको माग गर्दै काठमाडौंमा तरुण दलको प्रदर्शन [तस्वीरहरू]

जेठ २, २०८१
काठमाडौं
संसदीय छानबिनको माग गर्दै काठमाडौंमा तरुण दलको प्रदर्शन [तस्वीरहरू]
तस्वीरहरूः नेपाल फोटो लाइब्रेरी ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ ।

null

सहकारीपीडितको पक्षमा र सहकारी ठगीमा संग्लग्नहरूको विरुद्दमा बुधबार वृहत् र्‍याली निकालिएको तरुण दलले जनाएको छ ।

null

प्रदर्शनकारीहरूले माइतीघरमा जम्मा भइ बानेश्वरसम्म र्‍याली गरेका थिए ।

null 

सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसका भ्रातृ संगठनहरू सडकमा उत्रेका हुन् ।

null

‘सहकारी ठगीको प्रमाण यहाँ छ’ भन्ने ब्यानरसहित नेविसंघले बुधवार नै काठमाडौंमा प्रदर्शन गरेको हो ।

null 

यस्तै मंगलबार नेपाल महिला संघले पनि सडक आन्दोलन गरेको थियो ।

null

यता माउ पार्टी कांग्रेसले पनि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले वैशाख २८ देखि संसद्मा अवरोध गर्दै आएको छ ।

null

सडक र संसद दुवैबाट सरकारमाथि दबाब सिर्जना गर्ने कांग्रेसले रणनीति देखिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्