२२ जेठ २०८३, शुक्रबार

लक्ष्मी मोटरले गरायो सञ्चारकर्मीलाई ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टको भ्रमण र टेस्ट ड्राइभ

जेठ २, २०८१
काठमाडौं
लक्ष्मी मोटरले गरायो सञ्चारकर्मीलाई ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टको भ्रमण र टेस्ट ड्राइभ
हुन्डाई मोटर एसेम्बलिङ प्लान्टको शुभारम्भ गर्दै प्रधानमन्त्री

लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले सञ्चारकर्मीहरूलाई नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गराएको छ ।

गत वैशाख २९ गते रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टमा गरिएको कार्यक्रममा राष्ट्रिय तथा क्षेत्रीय स्तरका ६५ भन्दा बढी सन्चारकर्मीहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा सञ्चारकर्मीहरूलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरूद्वारा एसेम्बलिङ प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारी गराइएको थियो ।​​

ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्‌घाटन गरेका थिए ।

लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलबाट विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षा पूरा गर्ने लक्ष्य राख्दै आएको छ ।

साथै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधन उत्पादन गरिने कम्पनीले जनाएको छ ।​​​​

एलएमसी ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो ।

salt training

कमेन्ट गर्नुहोस्