२४ जेठ २०८३, आइतबार

यी क्षेत्रमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

जेठ ३, २०८१
काठमाडौं
यी क्षेत्रमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

हाल कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागको मौसम मुख्यतया सफा रहेको छ । 

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका थोरै  स्थान साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी,  गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्