१० साउन २०८३, आइतबार

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छः उपराष्ट्रपति

जेठ ३, २०८१
काठमाडौं
सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छः उपराष्ट्रपति

 उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्ने तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिए । 

“वैदेही, जनकनन्दिनी, जनकदुलारी, जानकी मातालगायत विभिन्न नामले सम्बोधन गरिने माता सीता हाम्रा राष्ट्रिय विभूति हुनुहुन्छ, उहाँको जयन्ती देशभरिका रामजानकी मन्दिरहरुमा विशेष पूजाअर्चनासहित धुमधामका साथ मनाउने परम्परा रही आएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । यी गुणहरु वर्तमान परिप्रेक्ष्यमा पनि उत्तिकै अनुशरणीय र अनुकरणीय छन्”, उपराष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।  

उनले यो जयन्ती सीताको आदर्शबाट प्रेरित वैदिक समाज र प्राचीनकालमा कायम रहेको मातृशक्तिको भूमिकालाई स्मरण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई यो अवसरमा स्मरण गरिने बताए । 

salt training

कमेन्ट गर्नुहोस्