२४ जेठ २०८३, आइतबार

चीन पुगेर रुसी राष्ट्रपति पुटिनले भने- अन्तर्राष्ट्रिय मुद्दामा दुवै देशको एउटै अडान

जेठ ३, २०८१
काठमाडौं
चीन पुगेर रुसी राष्ट्रपति पुटिनले भने- अन्तर्राष्ट्रिय मुद्दामा दुवै देशको एउटै अडान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा रुस र चीनको एउटै अडान रहेको बताएका छन् । चीनको सरकारी समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा पुटिनले यस्तो बताएका हुन् । 

पुटिनले भने, 'दुवै देशले अन्तर्राष्ट्रिय कानून, समानता र सुरक्षाको सही प्रयोगको वकालत गर्दछ । हामी झूटको आधारमा प्रतिबन्ध लगाउने पश्चिमी देशहरूको प्रयासको विरोध गर्छौं। त्यहाँ केही नियमहरू छन् जसको बारेमा कसैलाई थाहा छैन । तिनीहरूलाई कसले बनायो ।'

पुटिनको चीन भ्रमणको बीचमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सबै विदेश यात्रा स्थगित गरेका छन् । जेलेन्स्की यस हप्ता पोर्चुगल र स्पेन भ्रमण गर्ने थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् । दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । पुटिन र सी जिनपिङबीचको भेटवार्तामा पश्चिमी देशहरूले नजर राखेका छन् ।

रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् ।

तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ । चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब परिरहेको छ ।

चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्