
नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस आज मनाइँदै छ । जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै आज स्मृति दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा एमाले र नेकपा (एकीकृत समाजवादी)ले विविध कार्यक्रम आयोजना गरेका छन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उनीहरूको निधन भएको थियो ।
जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।