१४ असार २०८३, आइतबार

एकैदिन १ हजार ६०० रुपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

जेठ ३, २०८१
काठमाडौं
एकैदिन १ हजार ६०० रुपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको महासंघको भनाइ छ 

salt training

कमेन्ट गर्नुहोस्