
प्रमुख प्रतिपिक्षी दल नेपाली कांग्रेसको अवरोध र अन्य विपक्षी दलको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले संसद्मा कार्यसूची अगाडि बढाएका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै कांग्रेस सांसदले नाराबाजी शुरू गरेका थिए ।
राप्रपालगायत विपक्षी दलका सांसद आफ्नो ठाउँमा उभिएर विरोध गरेका थिए । प्रतिपक्षी दलले नाराबाजी गरिरहेको समयमा बैठक अवरुद्ध भएको मानिन्छ । अवरोधका बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेका हुन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।